ओमानसँगको मैत्रीपूर्ण खेलमा नेपाल पराजित

अशोज ११, २०७८ मा प्रकाशित | 361 views

काठमाडौँ । ओमानसँगको मैत्रीपूर्ण खेलमा नेपाल पराजित भएको छ । गएराति कतारको दोहामा भएको मैत्रीपूर्ण खेलमा नेपाल ओमानसँग ७–२ गोल अन्तरले पराजित भएको हो ।

साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले ओमानसँग मैत्रीपूर्ण खेल खेलेको हो । साफको तयारीका लागि नेपाली टिम कतारमा छ । नेपाली टिम कतारबाटै साफका लागि माल्दिभ्स जाने छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले हिजो साफ खेल्ने २३ सदस्यीय टिमको घोषणा गरेका छन्।

नेपाल र माल्दिभ्सबीचको खेल आउँदो शुक्रवार मालेमा रहेको राष्ट्रिय फुटबल स्टेडियममा हुनेछ। यस्तै, नेपालले दोस्रो खेलमा श्रीलङ्कासँग १८ गते खेल्नेछ । नेपालले तेस्रो खेलमा भारतसँग २४ गते लिग चरणको अन्तिम खेलमा बङ्गलादेशसँग असोज २७ गते खेल्नेछ।

पाँच राष्ट्र सहभागी प्रतियोगिताको लिग चरणको खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि ३० गते प्रतिस्पर्धा गर्ने छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web