ईपीएल क्रिकेटमा आज दुई खेल हुँदै

अशोज ११, २०७८ मा प्रकाशित | 374 views

काठमाडौँ । ईपीएल क्रिकेटमा आज पनि दुई खेल हुँदैछ । पहिलो खेलमा बिहान साढे ९ बजे विराटनगर वारियर्स र काठमाण्डौ किङ्ग्स ११ खेल्ने छन् ।

काठमाण्डौ आज दोस्रो जितको खोजीमा हुने छ भने विराटनगर पहिलो जितको खोजीमा हुनेछ । अङ्क तालिकामा २ अङ्क जोडेको काठमाण्डौ शीर्ष स्थानमा छ भने अङ्कविहीन रहेको विराटनगर पाँचौं स्थानमा छ । यस्तै, दोस्रो खेलमा दिउँसो साढे १ बजे भैरहवा ग्लाडियटर्स र चितवन टाइगरर्स खेल्ने छन् ।

दोस्रो जितको खोजीमा रहेको चितवन २ अङ्कका साथ तालिकाको दोस्रो स्थानमा छ । यस्तै, भैरहवा एक अङ्कका साथ तालिकाको तेस्रो स्थानमा छ । यसअघि हिजो भएको खेलमा चितवन टाइगर्सले विराटनगर वारियर्सलाई हराएको थियो भने भैरहवा ग्लाडियटर्स र पोखरा राइनोजले अङक बाँडेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web