ईपीएल क्रिकेटमा चितवन टाइगर्सले १ सय ५२ रनको लक्ष्य प्राप्त गरे

विराटनगरले चितवनलाई दियो १ सय ५२ रनको लक्ष्य : सिकन्दरको अर्धशतक

काठमाडौँ । एभरेष्ट प्रिमियर लिग ईपीएल क्रिकेटमा चितवन टाइगर्सले १ सय ५२ रनको लक्ष्य पाएको छ ।

कीर्तिपुर मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको विराटनगर वारियर्सले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५१ रन बनायो ।

विराटनगरका लागि सिकन्दर राजाले ६७ रनको अर्धशतकीय पारी खेले । यस्तै अनिल शाहले ३२ रन जोडे । सौरभ खनाल ३० रनमा अविजित रहे । चितवनका सोमपाल कामी, कमल ऐरी, करिम जनत र सागर ढकालले २/२ विकेट लिए ।

प्रतिक्रिया

TOP