रुपन्देहीका पाँच पालिकामा कांग्रेसको निर्विरोध नेतृत्व चयन

अशोज ९, २०७८ मा प्रकाशित | 693 views

रुपन्देही । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत रुपन्देहीका १६ मध्ये एक नगरपालिकासहित पाँच स्थानीय तहमा निर्विरोध नेतृत्व चयन भएको छ ।

लुम्बिनी सांस्कृतिक नगरपालिकाको नगर सभापतिमा मोहम्मद सइद खान निर्वाचित भएका छन् । शनिबार भएको अधिवेशनमा सभापतिसहित सिंगो कार्यसमिति सर्वसम्मत चयन भएको जिल्ला निर्वाचन अधिकृत भेषराज घिमिरेले जानकारी दिए ।

घिमिरेका अनुसार ओमसतिया गाउँपालिका, गैडहवा गाउँपालिका, कोटहिमाई गाउँपालिका र मर्चवारी गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयन भएको हो ।

गैडहवा गाउँपालिकाको सभापतिमा सत्यनारायण पथिक, कोटहीमाई गाउँपालिकाको सभापतिमा अवधराम यादव, मर्चवारी गाउँपालिकाको सभापतिमा जनार्दन यादव र ओमसतिया गाउँपालिकाको सभापतिमा भगवानप्रसाद चौधरीसहित सबै पदाधिकारी र कार्यसमिति सदस्यहरु निर्विरोध निर्वाचित भएका घिमिरेले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web