विमानस्थल निर्माणमा सरकारले अवरोध गरेको पूर्व अर्थमन्त्री पौडेलको आरोप

अशोज ९, २०७८ मा प्रकाशित | 442 views

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उपमहासचिव एवम् पूर्वअर्थमन्त्री विष्णु पौडेलले सरकारले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काममा अवरोध गरिरहेको आरोप लगाउनुभएको छ ।

उपमहासचिव पौडेलले सो विमानस्थलको दोस्रो चरणको काम तत्काल अघि बढाउन पनि सरकारसँग माग गर्नु भयो । रुपन्देहीको भैरहवामा निर्मित उद्योग व्यापार संगठनको कार्यालय भवनको शनिबार उद्घाटन गर्दै उहाँले सो विमानस्थलको कामलाई अघि बढाउनका लागि एिसियाली विकास बैंक (एडीबी)सँग शिघ्र सम्झौता गरेर बजेटको आवश्यक व्यवस्था मिलाउन पनि सरकारलाई ढिलाई नगर्न सचेत गराउनु भयो । उपमहासचिव पौडेलले विमानस्थलको दोस्रो चरणको काम अविलम्ब गराउन दवावकारी भूमिका निर्वाह गर्न पनि स्थानीयबासीलाई आह्वान गर्नु भयो ।

उहाँले भन्नु भयो, ‘सेकेण्ड फेजको निर्माणको काम अघि बढाउनका लागि एडीबी ७ अर्ब लगानी गर्न तयार भएको बसेको छ । डिजाइनका कामहरु सम्पन्न भएका छन । अत्याधुनिक टर्मिनल निर्माणको डिजाईनको काम सकिएको छ । यो आयोजना अगाडि बढाउनका लागि सरकारले कुनै पनि प्रकारको विलम्ब गर्‍यो भने हाम्रो निम्ति मान्य हुने छैन । हामी सशक्त ढंगले जवाफ दिनेछौं । र सेकेण्ड इन्टरनेशनल एयरपोर्ट सेकेन्ड फेजको काम सम्पन्न गर्नका लागि सरकारलाई विनाआनकानी ‘काउन्टर पार्ट फण्ड’ सुनिश्चित गर्न, एडीबीसँग शिघ्राधि शिघ्र सम्झौता गर्न र नयाँ ढंगले सेकेण्ड फेजको काम अघि बढाउनका लागि निम्ति हामीले दवावकारी भूमिका निर्वाह गर्नुपर्ने आवश्यक्ता छ । हामी सो कामलाई रोक्न दिनेछैनौं ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web