एमालेको केन्द्रीय कमिटी बैठक बस्दै

अशोज ९, २०७८ मा प्रकाशित | 389 views

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ । बैठक अहिले १ बजे ललितपुरको च्यासलमा रहेको तुलसीलाल प्रतिष्ठानमा बस्नेछ ।

हिजोदेखि सुरु भएको बैठकमा यही असोज १५, १६ र १७ गते हुने विधान महाधिवेशनका लागि तयार पारिएका विभिन्न प्रस्तावमाथि छलफल भइरहेको छ। हिजोको बैठकमा विधान महाधिवेशनमा पेस गरिने प्रस्तावमाथि १० वटा समूह बनाएर छलफल सुरु भएको थियो ।

आजको बैठकमा १० वटा समूहले आ–आफ्नो समूहको रिपोर्ट प्रस्तुत गर्नेछन् । केही विषयमा संशोधन गर्नुपर्ने भएमा संशोधन गर्ने र अध्यक्ष केपी शर्मा ओलीको जवाफसहित प्रस्तावहरु पारित गरेपछि बैठक आजै समापन हुनसक्ने पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web