माओवादी केन्द्र म्यागङका ९७ जना प्रभावशाली नेताहरु एमालेमा आबद्ध

अशोज ८, २०७८ मा प्रकाशित | 1572 views

त्रिशूली । नुवाकोटको म्यागङ गाँउपालिकाको नेकपा माओवादी केन्द्रको महत्वपूर्ण जिम्मेवारीमा रहेका काजीमान डंगोल सहित करीब एकसय जना नेता एंव कार्यकर्ताहरु नेकपा एमालेमा समावेश भएका छन् । नेकपा माओवादी केन्द्रको महत्वपूर्ण जिम्मेवारी पूरागर्दै आएका नेताहरु नेकपा एमालेमा समाहित हुदै पाटी परित्याग गरेको बताएका छन् । नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच एकता भएसगैँ बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को म्यागङ इञ्चार्जको जिम्मेवारी बहन गर्नुभएका काजिमान डंगोल, म्यागङ गाउँपालिकाको स्थानीयतहको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट उपाध्यक्षको उम्मेदवार एंव नेकपा माओवादी केन्द्रको जिल्ला कमिटी सदस्य समेत रहनुभएका चिजामायाँ तामाङ, नेकपा माओवादी केन्द्रको वडा नं .३ वडाकमिटी अध्यक्ष रामबहादुर तामाङ, नेकपा माओवादी केन्द्रको ५ नं. वडा कमिटी सचिव सोमबहादुर तामाङ, स्थानीयतहको चुनावमा वडा नं .५ मा नेकपा माओवादी केन्द्रबाट वडाध्यक्षको उम्मेदवार प्रेमबहादुर तामाङ, स्थानीयतहको निर्वाचनमा वडा नं. ३ मा नेकपा माओवादी केन्द्रबाट वडासदस्यको उम्मेदवार झोरमान तामाङ सहितको ९७ जना नेकपा माओवादी केन्द्रका नेता एंव कार्यकर्ता एमालेमा समाहित भएको घोषणा गरेका छन् ।

नेकपा माओवादी केन्द्रको नाममा गरिएको राजनीति सिमिति व्यक्तिको स्वार्थ पूरा गर्न मात्र केन्द्रित रहेको भन्दै पाटी त्याग गरेर नेकपा एमालेमा समावेश हुन निर्णय गरिएको नेता काजीमान डंगोलले जानकारी दिनुभएको छ ।
उहाँको अनुसार अझै धेरै सङ्ख्याका कार्यकर्ताहरु एमालेमा समावेश हुन चाहेकाले छलफल भैरहेको छ ।
यसअघि दुई पाटी नेकपा माओवादी केन्द्र र नेकपा एमाले एक भएर नेपाल कम्युनिष्ट पाटी (नेकपा) बनेपछि भएको सहकार्य, पाटीको जिम्मेवारी नेकपा एमालेको नीति तथा कार्यक्रम प्रति आकर्षक हुदै आफूहरुले नेकपा माओवादी केन्द्र छाड्ने निर्णय गरिएको एमालेमा समावेश हुन लागेको  सामरीका सोमबहादुर तामाङ र देउरालीका रामबहादुर तामाङले सयुक्त रुपमा जानकारी दिएका छन् ।

नेकपा माओवादी केन्द्र छाडेर नेकपा एमालेमा समाहित भएको घोषणा गरेकालाई नेकपा एमालेले उनीहरुको यसअघिको पाटीको जिम्मेवारी तथा पूरा गर्न सक्ने दायित्वको आधारमा पदीय जिम्मेवारी दिएर स्वागत गर्न लागिएको नेकपा एमाले नुवाकोटका अध्यक्ष नारायणप्रसाद खतिवडाले जानकारी दिनुभएको छ ।

नेकपा माओवादी केन्द्र परित्याग गरेर नेकपा एमालेमा समावेश भएकाहरुको लागी जिम्मेवारी सुम्पिनको लागी नेकपा एमाले नुवाकोटको कार्यालय टिमको बैठक बसेर आवश्यक तयारी अघि बढाइसकेकाले उनीहरुलाई शनिबार नै जिम्मेवारी प्रदान गर्ने एमालेका जिल्ला सचिव बुद्धिबहादुर प्रधानले जानकारी दिनुभएको छ ।
नेकपा माओवादी केन्द्र परित्याग गरेर नेकपा एमालेमा समावेश हुनेहरुको सूचि यसप्रकार रहेको छ :

 

 

नेपाली काँग्रेसबाट रामबहादुर तामाङलाई नेकपा माओवादीमा प्रवेश गराउदैको दृष्य । अहिले उनी सहितका नेताहरु नेकपा एमालेमा समावेश भएको घोषणा गरेका छन् ।

No description available.

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web