आईपीएल क्रिकेटमा कोलकाताले मुम्बईलाई ७ विकेटले हरायो

अशोज ८, २०७८ मा प्रकाशित | 501 views

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा काेलकाता नाइट राइडर्सले मुम्बई इन्डियन्सलाई ७ विकेटले हराएको छ ।

आबुधाबीमा राति भएको खेलमा मुम्बईले दिएको १ सय ५६ रनको लक्ष्य काेलकाताले १५ ओभर १ बलमा ३ विकेट गुमाएर पूरा गर्यो ।

काेलकाताको जितमा राहुल त्रिपाठीले अविजित रहँदै ७४ रनको अर्धशतकीय इनिङ्ग्स खेले । मुम्बईका जस्प्रित बुम्राहले ३ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५५ रन बनाएको थियो । मुम्बईका लागि क्विन्टन डी ककले ५५ रनको अर्धशतकीय इनिङ्ग्स खेले ।

कप्तान रोहित शर्माले ३३ रन जोड्दा केइरन पोलार्डले २१ रन जोडे । जितसँगै काेलकाताले ९ खेलमा ८ अङ्क जोडेको छ ।

काेलकाता चौथो स्थानमा उक्लिएको छ । छैटौँ स्थानको मुम्बईले पनि ९ खेलमा ८ अङ्क जोडेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web