कटुवा पेस्तोल र गोलीसहित एकजना पक्राउ

अशोज ७, २०७८ मा प्रकाशित | 380 views

रौतहट । प्रहरीले कटुवा पेस्तोल र गोलीसहित एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दुर्गाभगवती गाउँपालिका-२ भलुईया बस्ने २४ वर्षीय संजय साह सोनार रहेका छन् ।

गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहट र ईलाका प्रहरी कार्यालय गंगापिपराबाट खटिएको प्रहरीले घर तलासी गर्ने क्रममा बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

उनको साथबाट प्रहरीले १ थान कटुवा पेस्तोल र सोही पेस्तोलमा लाग्ने २ थान गोली बरामद गरेको छ ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web