पहिरोसँगै खसेको ढुङ्गाले लागेर दुई जनाको मृत्यु

अशोज ६, २०७८ मा प्रकाशित | 336 views

रोल्पा । पहिरोसँगै खसेको ढुङ्गा लागेर रोल्पामा आमा–छोरीको ज्यान गएको छ । रोल्पा नगरपालिका ९ हाङबाङकी २५ वर्षीया सङ्गीता पुन र उहाँकी दुई वर्षीया छोरी कृतिकाको ज्यान गएको हो ।

मकैबारीमा बाँदर धपाएर फर्कने क्रममा माथिबाट खसेको पहिरोसँगैको ढुङ्गा लागेर लड्दा आमा–छोरीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) नरेश सुवेदीले बताउनुभयो ।

ढुङ्गा लागेर खोल्सामा खसेका आमाछोरीको शव बाढीले पुरेको अवस्थामा फेला परेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web