पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द

अशोज ६, २०७८ मा प्रकाशित | 401 views

काडमाडौँ । पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक बन्द भएको छ । चितवनको इच्छाकामनामा गाउँपालिका–४ घोप्टेभिरमा पहिरो खस्दा सडक दुईतर्फी नै बन्द भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।

गएराति खसेको पहिराे आज बिहानदेखि हटाउन थालिएको छ । तर ठूलो पहिरो खसेका कारण पन्छाउन केही समय लाग्ने प्रहरीले जनाएको छ । पहिरो खसेपछि गाडी रोकिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web