पोखरा । सत्तारुढ गठबन्धनमा आवद्ध साना दलहरुलाई गाडी सुविधा उपलब्ध गराउने गरी सरकारले ल्याएको प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी संशोधन ऐन प्रदेशसभाबाट पास भएको छ ।
प्रदेश सभा नियमावलीमा सबै दललाई बराबर भने पनि प्रदेशसभाका पदाधिकारी र सदस्यहरुको पारिश्रमिकसम्बन्धी ऐनमा सुविधाका लागि थ्रेस होल्ड कायम गरिएको थियो । समानुपातिकतर्फ डेढ प्रतिशत थ्रेस होल्ड कटाएका र प्रत्यक्षतर्फ कम्तिमा एक सिट जितेको दललाई दलीय मान्यता प्राप्त गर्ने व्यवस्था भएपनि सुविधासम्बन्धी ऐनमा अर्को थ्रेस होल्ड कायम गरिएकोमा राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी (जसपा)ले विरोध गर्दै आएका थिए ।
जसपा र जनमोर्चाको समर्थनमा मुख्यमन्त्री बनेका कृष्णचन्द्र नेपाली पोखरेलले थ्रेस होल्ड हटाउने बचन दिएका थिए । त्यसमाथि जसपालाई दुई मन्त्री बनाउने सहमति तोड्दा असन्तुष्ट बनेकी धनमाया पोखरेललाई खुसी बनाउनुपर्ने थियो ।
त्यसका लागि सरकारले पदाधिकारीको सुविधासम्बन्धी ऐन संशोधन गरेर थ्रेस होल्ड हटाइएको छ भने दलका उपनेतालाई पनि पदाधिकारीको सुविधा दिने व्यवस्था गरेको छ ।
अब प्रदेशसभामा भएका सबै दलका दल नेता र प्रमुख सचेतकले गाडी सहितका सुविधा पाउने छन् । जनमोर्चाकी पियारी थापा, जसपाकी धनमायासँगै प्रमुख प्रतिपक्षी नेकपा एमालेको संसदीय दलका उपनेता किरण गुरूङ, कांग्रेस संसदीय दलका उपनेता मेखलाल श्रेष्ठ, माओवादी केन्ऽका संसदीय दलका उपनेता रामजी बरालले पनि सुविधा पाउने भएका छन् । कांग्रेसका श्रेष्ठ शिक्षामन्त्री र माओवादीका बराल अर्थमन्त्री भएका अन्य सांसदलाई संसदीय दलको उपनेता बनाएर सुविधा दिने दुबै दलको तयारी छ ।
20.12¡ÆC