सुर्खेतमा अझै हुन सकेन कांग्रेसको वडा अधिवेशन

अशोज ५, २०७८ मा प्रकाशित | 947 views

सुर्खेत । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत सुर्खेतमा हुन लागेको वडा अधिवेशनमा अन्योलता सिर्जना भएको छ ।

१८ भदौदेखि शुरु भएको वडा अधिवेशन क्रियाशील सदस्यताको विवाद नमिल्दा ५ असोजमा दोस्रो चरणको मिति तोकिएको थियो । तर, मंगलबार पनि वडा अधिवेशन हुन सकेन् ।

अझै कहिले हुने भन्ने पनि टुङ्गो नभएको कांग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीले बताए । ‘क्रियाशील विवाद कायमै छ, केन्द्रले अझै क्रियाशील सदस्यता सूची सार्वजनिक गरेको छैन्। उनले भने, ‘निर्वाच अधिकृत पनि तोकेको छैन्, जस्ले गर्दा वडा अधिवेशनबारे अन्यौलता सिर्जना भएको छ ।’

सुर्खेतमा विशेषगरी अखण्ड नेपाल पार्टीबाट कांग्रेसमा आएकाहरुलाई सदस्यता दिनेबारे विवाद बल्झिएको छ । केन्द्रले अखण्ड नेपालबाट आएका १९९ जनालाई क्रियाशील सदस्यता दिने परिपत्र गरेपछि नेता रामचन्द्र पौडेल पक्षले आपत्ति जनाएको छ ।

‘जिल्ला कार्य समितीले विवाद रहित क्रियाशिलको लिष्ट केन्द्रमा पठाइसकेको थियो, एका एक महामन्त्री पुर्णबहादुर खड्काको आदेशमा अखण्ड नेपालको नाममा १९९ जनाको नाम केन्द्रबाटै आयो,’ पौडेल पक्षीय नेता समेत रहेका सभापति रेग्मीले भने, ‘यो एकलौटी निर्णय भएकाले हामीले असहमती जनाएका हौं ।’

सभापति शेरबहादुर देउवा पक्षले भने यसबारे केन्द्रमा छानबिन समितिले काम गरिरहेकाले उताबाट निर्क्यौल हुने बताएको छ । ‘यो कांग्रेस सुर्खेतको विषय हैन्, केन्द्रको विषय हो, अखण्डका नेता कुमार खड्काको टिमले सुर्खेतमा १९९ क्रियाल पाउँनु पर्ने अडान केन्द्रीय समितीमा राखेपछि, केन्द्रले सोही अनुसारको परिपत्र गरेको हो,’ उनले भने ।

यसबारे पनि केन्द्रीय छानविन समितीले छानबिन गरिरहेकाले अबको एक-दुई दिनमै विवाद टुङ्गिने नेता शाक्यको दावी छ । याता पौडेल पक्षले भने तहगत रूपमा छलफल गरी समायोजन गर्नु पर्ने माग राखेपनि केन्द्रबाट सुनुवाइ नभएको बताएको छ । ‘प्रजातान्त्रिक पार्टी विधि र प्रक्रियाबाट चल्नुपर्छ, केन्द्रले गरेको सर्कुलर अनुसार तहगत समायोजन हुनुपर्छ भन्ने हाम्रो माग हो,’ सभापति रेग्मीले भने ।

देउवा पक्षले आफू कमजोर भएको महशुस गरेको वडाहरूमा अखण्डका नामबाट शिक्राशील सदस्यता दिएको सभापति रेग्मीको आरोप छ । ‘हाम्रो समूह बलियो भएको वडाहरूमा सुनियोजित तरिकाले अखण्डका नाममा क्रियाशिल बाँडिएको देखिन्छ,’ उनले भने ।

उनका अनुसार तहगत निर्णय भएर गएका वीरेन्द्रनगरका चारवटा वडाहरूको क्रियाशील सदस्यता स्थगन गरिएको छ । वीरेन्द्रनगर ३, ६, ८ र ११ नम्बर वडाका ७०६ जनाको नयाँ क्रियाशील सदस्यता स्थगन गरिएको छ ।

कांग्रेस सुर्खेतले जिल्लाभरबाट ११ हजार ८६० जना क्रियाशिल सदस्याको नाम केन्द्रमा पठाएको छ । ९९ वटा वडा रहेको सुर्खेतमा कतिपय वडाहरूमा उम्मेदवार पनि चयन भइसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web