काठमाडौँ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेश भएको छ । बुद्धनगरस्थित एक बैंक्वेटमा बसेको बैठकमा अध्यक्ष माधवकुमार नेपालले प्रतिवेदन पेश गरेका हुन् ।
प्रतिवेदनमाथि समूहगत छलफल हुने र त्यसको निष्कर्ष भोलिको बैठकमा पेश हुने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए ।
उनका अनुसार ३ महिने संगठन सुदृढीकरण तथा पार्टी पुनर्जागरण अभियान चलाउने पार्टीको तयारी छ ।
19.12¡ÆC