बुढीगण्डकी जलविद्युत् आयोजनाबाट प्रभावितहरू धर्नामा

अशोज ४, २०७८ मा प्रकाशित | 534 views

काठमाडौँ । बुढीगण्डकी जलविद्युत् आयोजनाबाट प्रभावितहरूले काठमाडौंको माइतीघर मण्डलामा धर्ना सुरु गरेका छन्। बुढीगण्डकी जलविद्युत् आयोजना राष्ट्रिय सरोकार समितिले सोमबारदेखि दबाबमूलक धर्ना सुरु गरेको हो।

आयोजना प्रभावितहरूले सरकारले बुढीगण्डकी डुबान क्षेत्रको व्यक्तिगत जग्गाको मुआब्जा मात्र दिएको, तर जग्गामा बनेको घर, संरचना, फलफूलका बोटबिरुवाको मुआब्जा निर्धारणसमेत नगरेको भन्दै असन्तुष्टि जनाउँदै आएका छन्। समितिले घर, गोठलगायतका भौतिक संरचना र बोटबिरुवाको यथार्थ लगत संकलन गर्न, तत्काल मूल्य निर्धारण गरी वितरण गर्न र भौतिक संरचनाको मुआब्जामा ह्रासकट्टी नगर्न माग गरेको छ।

उनीहरूले आयोजना प्रभावितलाई पुनर्बास तथा पुनर्स्थापनाको ग्यारेन्टी गरिनुपर्नेलगायतका माग राख्दै यथाशीघ्र माग पूरा गर्न भनेका छन्।

धर्ना एक हप्तासम्म हुने जानकारी दिँदै सरोकार समितिका संयोजक हरेराम ढकालले माग पूरा नगरे आगामी दिनमा अझ सशक्त आन्दोलन गर्ने चेतावनी दिए।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web