एमालेको विधानको मस्यौदा : अध्यक्षसहित सबै पदाधिकारी प्रत्यक्ष निर्वाचित, ७० वर्ष भएपछि सन्यास लिनुपर्ने बाध्यता

अशोज ४, २०७८ मा प्रकाशित | 438 views

काठमाडौ । एमाले अध्यक्षसहित सबै पदाधिकारी निर्वाचित हुने पुरानो व्यवस्थामै फर्किने भएको छ । यसअघि अध्यक्ष निर्वाचित हुने र बाँकी पदाधिकारी अध्यक्षले मनोनीत गर्ने निर्णय एमालेले गरेको थियो ।

आइतबार सुरु भएको स्थायी कमिटी बैठकमा संगठन विभागले तयार पारेको विधानको मस्यौदा प्रस्तुत गरिएको छ । अघिल्लो निर्णयको पार्टीभित्रै आलोचना भएपछि एमाले पुरानै व्यवस्थामा फर्किन लागेको हो ।

सदस्यहरूले अध्ययन गरेपछि विधान मस्यौदा स्थायी कमिटीबाट पारित हुने एमालेले जनाएको छ । एमालेले कार्यकारी पदमा निर्वाचित हुन ७० वर्षे उमेरहदको व्यवस्था पनि कायमै राख्ने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web