काठमाडौँ । लामो रस्साकस्सीपछि नेपाली कांग्रेसले क्रियाशील सदस्यता विवाद लगभग टुंग्याएको छ ।
२० जिल्लामा क्रियाशील सदस्यताकै कारण अधिवेशन प्रभावित भएको थियो । २० मध्ये ७ जिल्लाको क्रियाशील सदस्यता विवाद समाधान भई सार्वजनिक भइसकेको छ भने बाँकी १३ जिल्लाको सदस्यता विवाद टुंगो लगाइएको नेताहरुले बताएका छन् ।
पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यहरु डा. मिनेन्द्र रिजाल र रमेश लेखक रहेको कार्यदलले क्रियाशील सदस्यतामा सहमति जुटाएको हो । यद्यपि रसुवाको क्रियाशील सदस्यता विवाद भने सल्टिन बाँकी छ ।
तीन नेताले गरेको सहमति कार्यान्वयनको जिम्मा क्रियाशील सदस्यता छानविन समिति सदस्यहरु आनन्द ढुंगाना, जीवन परियार, प्रदीप पौडेल र योगेन्द्र चौधरीलाई दिइएको छ ।
19.12¡ÆC