एमाले स्थायी कमिटी बैठक बस्दै

अशोज ३, २०७८ मा प्रकाशित | 337 views

काठमाडौँ । नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा दिउँसो १ बजे स्थायी कमिटी बैठक बस्ने केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए ।

बैठकमा १५-१७ असोजमा हुने विधान महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक तथा विधान संशोधन प्रस्तावबारे छलफल हुनेछ । स्थायी कमिटी बैठक भोलि पनि बस्ने तय भएको छ ।

आजको स्थायी कमिटी बैठक अगाडि संविधान दिवसबारे कार्यक्रम हुने तामाङले बताए । कार्यक्रमलाई अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्दैछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web