एक दिवसीय क्रिकेट श्रृङ्खलामा नेपाल र ओमान खेल्दै

अशोज ३, २०७८ मा प्रकाशित | 767 views

काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिदेशीय एक दिवसीय श्रृङ्खलाको चौथो खेलमा आज नेपाल र ओमान खेल्दैछन् ।

खेल ओमानको अल अमिरात मैदानमा दिउँसो सवा ४ बजे सुरु हुनेछ । यसअघि मङ्गलवार भएको खेलमा नेपाल ओमानसँग पाँच विकेटले पराजित भएको थियो । लिग–२ अन्तर्गत सन् २०२० को फेब्रुअरीमा घरेलु मैदानमा भएको दुई खेलमा पनि ओमानले नेपाललाई हराएको थियो ।

गएको सोमवार भएको खेलमा नेपालले अमेरिकालाई पाँच विकेटले हराएको थियो । तर अस्ति शुक्रवारको खेलमा अमेरिकासँग नेपाल ६ विकेटले पराजित भएकाे भयो । लिग–२ मा ओमान १२ खेलमा २० अङ्क जोडेर शीर्ष स्थानमा छ ।

१५ खेलमा १४ अङ्क जोडेको अमेरिका दोस्रो स्थानमा छ भने नेपाल ७ खेलमा ६ अङ्क जोडेर छैटौँ स्थानमा छ । सात टोली रहेको लिग–२ मा एक टोलीले नौ श्रृङ्खलासहित कुल ३६ खेल खेल्ने छन्। लिग–२ मा शीर्ष हुने तीन देशले सन् २०२३ को जुलाईमा जिम्बाब्वेमा हुने विश्वकप छनोटमा स्थान बनाउने छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web