एमसीसीका कारण गठबन्धनमा फाटो नआउने प्रचण्डको दाबी

अशोज २, २०७८ मा प्रकाशित | 439 views

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयाेग परियाेजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) का कारण सत्ता गठबन्धनको कुनै फाटो नआउने बताउनुभएको छ ।

आज शनिवार जनकपुरमा पत्रकारसँग कुराकानी गर्नुहुँदै अध्यक्ष प्रचण्डले आफूहरूका लागि एमसीसी भन्दा प्यारो गठबन्धन रहेको तर्क राख्नुभयो । अध्यक्ष प्रचण्डले संशोधन गरेपछि मात्र एमसीसी पारित हुनुपर्नेमा जोड दिनुभयो ।

एक अर्को प्रसङ्गमा प्रचण्डले जनता समाजवादी पार्टी (जसपा) र एकीकृत समाजवादी पार्टीका कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको बताउँदै असोज ४/५ गतेभित्रै सरकारले पूर्णता पाउने दाबी गर्नुभयो ।

उहाँले संविधान, लोकतन्त्र, गणतन्त्र, र देशका यो गठबन्धन आवश्यक रहेको बताउनुभयाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web