काठमाडौंमा कांग्रेसको वडा अधिवेशन असोज ५ मा

अशोज १, २०७८ मा प्रकाशित | 619 views

काठमाडौँ । कांग्रेसले काठमाडौंमा ५ असोजमै वडा अधिवेशन गर्ने भएको छ । निर्वाचन अधिकृत नरहरि आचार्यले शुक्रबार कार्यालय स्थापना गरी वडा अधिवेशनबारे क्षेत्रीय सभापतिहरुसँग छलफलसमेत गरेका छन् । छलफलले ५ असोजमै सबै वडामा अधिवेशन गर्ने सहमति जुटाएको छ ।

निर्वाचन अधिकृत आचार्यले एक महानगरपालिकासहित १० स्थानीय तहका एक सय ३१ वटै वडामा मतदान अधिकृतहरु खटाउने तयारी गरिएको बताए । ‘शिक्षक र लयर्स एसोसिएसनका साथीहरुको सूची बन्दैछ । शनिबारसम्म हामी मतदान अधिकृतहरुको टुंगो लगाउँछौँ, अहिलेको तयारीका आधारमा सबै वडामा ५ असोजमै अधिवेशन हुन्छ,’ निर्वाचन अधिकृत आचार्यले भने ।

जिल्ला सभापति सबुज बानियाँसहित दस वटै क्षेत्रीय सभापतिहरु सहितको बैठकले ५ असोजमै वडा अधिवेशन गर्ने निर्णय गरेको काठमाडौं कांग्रेसका नेता युपी लामिछानेले बताए । उनका अनुसार काठमाडौंमा करिब २० हजार क्रियाशील सदस्य छन् । वडा अधिवेशनमा क्रियाशील सदस्य नै मतदाता हुन्छन् ।

कांग्रेसले १८ भदौमै वडा अधिवेशनको मिति तोकेको थियो । तर, क्रियाशील सदस्यताको टुंगो नलागेका कारण त्यस्ता जिल्लामा वडा अधिवेशनको मिति ५ असोजका लागि तोकिएको छ । तर अझै पनि १३ जिल्लाको क्रियाशील सदस्यताको विषयमा भने टुंगिएको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web