एमसीसीबारे नेकपा एकीकृत समाजवादीको सात सर्त

अशोज १, २०७८ मा प्रकाशित | 370 views

काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले यथास्थितिमा अमेरिकी सहयाेग मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) अघि नबढ्ने बताउनुभएको छ । काठमाण्डौको नयाँ बानेश्वरमा पार्टीको कार्यालय उद्घाटनपछि आज शुक्रवार अध्यक्ष नेपालले एमसीसीका बारेमा आफूहरूका सात सर्त रहेको बताउनुभयो ।

कुनै पनि सेक्युरिटी अम्ब्रेलामा बस्ने सर्त मान्य नहुने, पञ्चशीलको सिद्धान्त अवलम्बन गर्दै असंलग्न परराष्ट्र नीतिप्रति प्रतिबद्ध रहने भएकाले यस विपरीत हुन नहुने, छिमेकीप्रति कुनै किसिमको आशङ्का हुने परिस्थिति स्वीकार्न नसक्ने, परियोजनाको बौद्धिक सम्पत्तिमा नेपालको अधिकार रहने सुनिश्चितता हुनुपर्ने सर्त नेता नेपालले राख्नुभएको छ ।

यस्तै परियोजनामा नेपाली कामदार, नेपालीले रोजगारी पाउने कुराको सुनिश्चितता हुनुपर्ने र एमसीसी परियोजनाको लेखा परीक्षणमा महालेखापरीक्षकको अधिकार रहने सुनिश्चितता भएपछि मात्र एमसीसी स्वीकार हुने उहाँले बताउनुभयो ।

अध्यक्ष नेपालले एमसीसीलाई नै गठबन्धनमा फाटो ल्याउने हतियारका रूपमा प्रयोग गर्न खोजेको दाबी गर्दै त्यसमा आफूहरू सर्तक रहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web