कांग्रेसमा नयाँ गुट बन्दै

भदौ ३०, २०७८ मा प्रकाशित | 415 views

काठमाडौँ । स्थापनाकालदेखि दुई गुटमा विभक्त नेपाली कांग्रेसमा १३ औं महाधिवेशनबाट तेस्रो गुट अस्तित्वमा आयो ।

१३ औं महाधिवेशन आउनै लाग्दा तत्कालीन पार्टी सभापति सुशील कोइरालाको निधन भएपछि महामन्त्री कृष्णप्रसाद सिटौलाले संस्थापन समूह छाडेर सभापतिमा प्रतिस्पर्धा गरेका थिए । संस्थापन समूहबाट रामचन्द्र पौडेल सभापतिका उम्मेदवार बनेका थिए । सभापतिमा विजयी भने संस्थापन इतरका शेरबहादुर देउवा भए ।

महाधिवेशनपछि पनि सिटौलाले आफ्नो समूहलाई निरन्तरता दिए । १४ औं महाधिवेशन आइपुग्दा आफ्नो समूह तलदेखि माथिसम्मै कायम रह्यो । पार्टीको निर्णय प्रक्रियामा प्रभाव देखाउन नसके पनि आन्तरिक प्रतिस्पर्धामा यो समूह निर्णायक शक्तिका रूपमा उदाएको छ ।

आगामी मंसिर ९–१३ गते हुने कांग्रेसको १४ औं महाधिवेशनमा परम्परागत गुटहरू भत्किने र नयाँ गुट थपिने देखिएको छ । सभापति देउवाले नेतृत्व गरेको संस्थापन समूहमा अहिले कम्तीमा दुई गुट देखिएको छ । अघिल्लो पटक सभापतिमा देउवालाई जिताउन ‘त्याग’ गर्न तयार भएकाहरू अहिले फरक ‘रवैया’मा छन् ।

देउवाका सारथी मानिएका उपसभापति विमलेन्द्र निधिले नै देउवालाई चुनौती दिँदै समापतिमा उमेदवारी घोषणा गरिसकेका छन् । देउवाका अर्का सहयोगी गोपालमान श्रेष्ठले पनि सभापतिमा उम्मेदवारी दिने बताएका छन् ।

अर्थात्, अब संस्थापन समूह एक नरहने निश्चित भयो । यो समूहका एक नेता आफूले चाहेको पद नपाउनेका लागि निधिको टिम सहज विकल्प हुने बताउँछन् । उनका अनुसार, निधिको प्राथमिकता पनि लामो समय देउवा समूहमा सँगै काम गरेका नेता–कार्यकर्तालाई आफ्नो समूहमा संगठित गर्ने नै हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web