भेरी नदीमा बस खस्दा मृत्यु

असार ५, २०७३ मा प्रकाशित | 964 views

६ असार, कोहलपुर ।
सल्यानको सल्लीबजार नजिकबाट भेरी नदीमा बस खस्दा एक जनाको मृत्यु भएको छ भने अरु दुई जना गम्भीर घाइते भएका छन् ।

घाइते भएकाहरुको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको इलाका पहरी कार्यालय कोहलपुरले जनाएको छ ।

आइतबार बिहान ६ बजे सुर्खेतको धारापानीबाट सल्लीबजार जाँदै गरेको ना ४ ख ५९,४४ नंको बस भेरी नदीमा खसेको थियो ।

दुर्घटनामा बसधनी रामबहादुर खड्काको उपचारका क्रममा कोहलपुरमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

बस सडकबाट झन्डै २०० मि तल भेरी नदीमा खसेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web