कास्की । गण्डकी प्रदेशसभा बैठक दुई महिनापछि बसेको छ । असार ३० गतेपछि मंगलबार बैठक बसेको हो । बैठकमा तीनवटा विधेयक पेस भएका छन् ।
बैठकमा प्रदेशमा आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, बालबालिकाको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७७ र प्रदेश सभाका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन २०७४ लाई संशोधन गर्न बनेको विधेयक पेस गरिएको थियो ।
कानून, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले आमसञ्चार र सेवासुविधा सम्बन्धी विधेयक पेश गरेका थिए भने, शिक्षा, विज्ञान, प्रविधि तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठले बालबालिकाको अधिकार सम्बन्धी विधेयक पेश गरेका थिए ।
दुई महिनापछि बसेको पहिलो बैठकमा मन्त्री श्रेष्ठले २०७७ चैत २७ मा दर्ता भई त्यतिकै थन्किएको गण्डकी प्रदेशमा प्राइभेट फर्म दर्ता गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई पेस गरेका थिए ।
उक्त विधेयकमाथि मंगलबार नै सैद्धान्तिक छलफल गरिएको छ । संसद्मा शून्य समयमा बोल्दै सांसदहरुले बाढी, पहिरोबाट क्षति भएका घर तथा मानिसको क्षतिपूर्ति माग गरेका थिए ।
20.12¡ÆC