सभामुखको आह्वानमा सर्वदलीय बैठक बस्दै

भदौ २८, २०७८ मा प्रकाशित | 661 views

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाको आह््वानमा आज संसदमा प्रतिनिधित्व गर्ने दलहरुको संयुक्त बैठक बस्दैछ ।

बैठक दिउँसो साढे दुई बजे संघीय संसद भवनको ल्होत्से हलमा बस्ने छ । सो बैठक संसदमा जारी गतिरोध अन्त्य लगायतका महत्वपूर्ण समसामयिक विषयमा केन्दि्रत रहने सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिए ।

छलफलमा प्रधानमन्त्री एवं कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा, विपक्षी दलका नेता केपी शर्मा ओली, माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता माधव कुमार नेपाल, जसपा संसदीय दलका नेता उपेन्द्र यादव र लोसपाका नेता महन्थ ठाकुरलाई बोलाइएको छ ।

यसैगरी राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल, नेमकिपाका प्रेम सुवाल र राप्रपाका राजेन्द्र लिंदेनलाई पनि बैठकमा आमन्त्रण गरिएको सभामुखको सचिवालयले जनाएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सभामुखको कार्यशैलीको विरोध गर्दै संसद अवरुद्ध गर्दै आएको छ । पार्टीले कारबाही गरेका माधव नेपाल सहितका १४ सांसदलाई पदमुक्त गर्नबाट रोकेर सभामुख सापकोटाले एमाले फुटाउन सहयोग गरेको आरोप एमालेले लगाउँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web