दुई किलो अफिमसहित तीन जना पक्राउ

भदौ २७, २०७८ मा प्रकाशित | 352 views

काठमाडौँ । नेपाल प्रहरीले दुई किलो दुई सय २४ ग्राम लागुऔषध (अफिम) सहित तीन जनालाई पक्राउ परेको छ ।

महानगरीय प्रहरी वृत्त लैनचौरको टोलीले अफिम कारोबार गर्ने पूर्वी रुकुमका ४१ वर्षीया धनमाया पुन, ३७ वर्षीय रुद्र राना र ५४ वर्षीय कर्म जोतन पुनलाई हिजाे शनिवार दिउँसो पक्राउ गरी आज आइतवार सार्वजनिक गरेको हो । प्रहरीले पुनलाई काठमाण्डाै महानगरपालिका २६ ठमेल र अन्य दुईलाई मित्रनगर नयाँ बसपार्कबाट पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाण्डाैका प्रवक्ता एवम् प्रहरी उपरीक्षक (एसपी) रमेशकुमार बस्नेतले ठमेलमा अफिम बोकेर कारोबार गर्न हिँडिरहेको अवस्थामा पुनलाई पक्राउ गरेर सोधपुछ गर्दा अन्य दुई जनासँग पनि अफिम रहेको खुलेपछि तीन जनालाई छुट्टाछुट्टै ठाउँबाट पक्राउ गरिएको जानकारी दिनुभयो ।

प्रहरीले पुनसँग एक किलो दुई सय ग्राम र अन्य दुईसँग एक किलो २४ ग्राम अफिम बरामद गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web