ग्यास सिलिन्डर फेर्ने क्रममा आगलागी हुँदा तीन जना घाइते

भदौ २७, २०७८ मा प्रकाशित | 389 views

झापा । झापाको अर्जुनधारा नगरपालिका–७ मा ग्यास सिलिन्डर फेर्ने क्रममा आगलागी हुँदा तीन घाइते भएका छन् ।

रोमनाथ खनालको घरमा हिजो बेलुका नयाँ सिलिन्डर फेरेर बाल्ने क्रममा ग्यास चुहिएर आगलागी भएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

आगो लागेपछि रोमनाथ खनाल उहाँकी श्रीमती दुर्गा र छोरा पङ्कज घाइते भएका र उनीहरुको विराटनगरमा उपचार भइरहेको बिर्तामोडका प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web