एकीकृत समाजवादी गण्डकी र लुम्बिनी प्रदेशमा कमजोर बन्दै

भदौ २३, २०७८ मा प्रकाशित | 357 views

काठमाडौँ । नेकपा एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादी पार्टीको उपस्थिति प्रदेश २ सँगै कर्णाली र सुदूरपश्चिम प्रदेशमा बलियो देखिएको छ ।

माधवकुमार नेपाल नेतृत्वको नयाँ दलको उपस्थिति प्रदेश १ र बाग्मतीमा ठीकै देखिएको छ । तर गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश जनप्रतिनिधि मूल पार्टीमै बसेका छन् ।

एमाले विभाजित भएर एकीकृत समाजवादी बनेपछि निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी ऐन अनुसार नयाँ दल रोज्न प्रदेश र स्थानीय जनप्रतिनिधिलाई २२ भदौ (मंगलबार) साँझ ५ बजेसम्मको समय दिएको थियो ।

प्राप्त विवरणअनुसार ५४ प्रदेशसभा सदस्यले नयाँ दल रोजेका छन् । सुदूरपश्चिममा प्रदेशसभाकै ठूलो दल एकीकृत समाजवादी बनेको छ भने प्रदेश २ मा एमालेभन्दा नयाँ दल ठूलो बनेको छ ।गण्डकी प्रदेशसभामा एकीकृत समाजवादीका सांसद संख्या शून्य भएको छ । अन्य प्रदेशमा भने यो दलको उपस्थिति हुने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web