रेडियोमार्फत् हुने शिक्षण सिकाइ ८८ प्रतिशत उपयोगी

भदौ २१, २०७८ मा प्रकाशित | 476 views

रेडियोमार्फत् हुने शिक्षण सिकाइ ८८ प्रतिशत उपयोगी

काठमाडौँ । कोराेना महामारीमा वैकल्पिक सिकाइ माध्यमका रुपमा रेडियाे मार्फतकाे शिक्षण सिकाइ ८८ प्रतिशत उपयोगी भएकाे पाइएको छ । शिक्षण सिकाइमा रेडियोको पहुँच र प्रभावकारिता शहरीमा भन्दा ग्रामीण क्षेत्रमा बढी देखिएको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जनाएको छ ।

आजको शिक्षा साप्ताहिक र जस्ट नेपाल फाउण्डेशनले संयुक्त रुपमा आयोजना गरेको ‘शिक्षण सिकाइमा रेडियोको पहुँच र प्रभावकारिता’ विषयक भर्चुअल अन्तरक्रियामा शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक माधव दाहालले अहिले कक्षा ९ र १० का अनिवार्य विषयहरुलाई बढी जोड दिइएका रेडियो कक्षाहरु छिट्टै कक्षा ६ देखि १२ सम्मै लगिने जानकारी दिनुभयो ।

अन्य वैकल्पिक सिकाइ माध्यमका तुलनामा रेडियो प्रभावकारी पाइएकाले भौतिक रुपमा विद्यालय खुले पनि पूरक सिकाइ सामग्रीको रुपमा रेडियो कक्षालाई निरन्तरता दिइने उहाँको भनाइ छ ।

निर्देशक दाहालले रेडियो कक्षा कति प्रभावकारी भयो भनेर केन्द्रले अध्ययन नगरेको भएपनि निरन्तर राम्रा प्रतिक्रिया आइरहेका बताउनुभयो । सरकारले अहिले दुईसय भन्दा धेरै सामुदायिक रेडियोमार्फत् कक्षा सञ्चालन गर्दै आएको छ ।

यस्तै, शिक्षा तथा मानव स्रोत विकास केन्द्र श्रव्य तथा दृश्य शाखाका रेडियो इञ्जिनियर सन्त महर्जनले विद्यार्थी रेडियो कक्षामा टिकिरहुन् भनेर एउटा रेडियो कक्षालाई १५ मिनेटको मात्रै बनाएको, विषयवस्तु सिधै नदिएर नाटकीकरण, संवादात्मक र रमाइलो बनाइएको, विद्यार्थीको चाहनाबमोजिमको समय छनोट गरिएको बताउनुभयो ।

आजको शिक्षा साप्ताहिकका सम्पादक सुदर्शन सिग्देलले रेडियो सेट नै नभएका ठाउँमा संघीय र स्थानीय सरकारले अभिभावकलाई रेडियो वितरण गर्नुपर्ने भनाइ राख्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web