राष्ट्रपतिसमक्ष दुई प्रतिवेदन प्रस्तुत

भदौ २०, २०७८ मा प्रकाशित | 479 views

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष दुई वटा प्रतिवेदन प्रस्तुत गरिएको छ । भाषा आयोगका अध्यक्ष लवदेव अवस्थीले भाषा आयोग ऐन, २०७४ बमोजिम भाषा आयोगको आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन आइतबार पेस गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

त्यसैगरी राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले आइतबार नै नेपालको संविधानको धारा २९४ बमोजिम राष्ट्रिय दलित आयोगको आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन पेस गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web