स्वचालित पेस्तोलसहित एक जना पक्राउ

भदौ १९, २०७८ मा प्रकाशित | 456 views

दाङ । स्वचालित पेस्तोल, म्याग्जिन र गोलीसहित दाङको घोराहीबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रोल्पाको रुन्टिगढी गाउँपालिका–९ सखी स्थाई ठेगाना भई अहिले घोराही १३ बडहरा बस्ने २५ वर्षीय ईन्द्रकमल बुढामगर रहेकोे जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

घोराही १३ बडहरामा रहको बुढामगरको घरमा रहेको रा ५ प ८७६२ नंम्बरकोे स्कुटी मुनि रातो प्लाष्टिकभित्र लुकाइ राखेको अवस्थामा स्वचालित पेस्तोल १ थान, पेस्तोलमा प्रयोग हुने म्याग्जिन १ थान र १ राउनण्ड गोली बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दाङले आज घोराहीमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

हातहतियार देखाइ सर्वसाधारणलाई त्रसित पार्दै आइरहेको र हतियार आफ्नै घरमा लुकाइ राखेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालको कमाण्डमा खटिएको टोलीले बुढामगरलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web