विद्यार्थी भर्ना साउन १५, १६ गतेबाट कक्षा सुरुगरिसक्नुपर्ने

असार ४, २०७३ मा प्रकाशित | 755 views

४ असार, काठमाडौं ।
देशभरका उच्च माध्यमिक विद्यालयहरुले आगामी साउन १५ गतेभित्र कक्षा ११ का लागि विद्यार्थी भर्ना लिइसक्नुपर्ने उच्च माध्यमिक शिक्षा परिषद्ले जनाएको
छ ।

शिक्षा परिषद्ले देशभरका उच्च माविलाई साउन १५ गतेभित्र विद्यार्थी भर्ना गरिसक्नुपर्ने र साउन १६ गतेदेखि नियमित पठनपाठन सञ्चालन गर्न निर्देशन जारी गरेको छ ।

नतिजाको ग्रेडिङका आधारमा विद्यार्थी भर्ना लिन परिषद्ले उच्च माविहरुलाई निर्देशन जारी गरेको हो ।

कक्षा ११ का विद्यार्थीले भदौ मसान्तसम्म विद्यार्थीको रजिस्ट्रेसन आवेदन बुझाइसक्नुपर्ने गरी शैक्षिक क्यालेन्डरसमेत सार्वजनिक गरेको परिषद्का उपाध्यक्ष डा चैतन्य शर्माले जानकारी दिनुभयो ।

त्यसैगरी कक्षा १२ को हकमा भने साउन १ गतेसम्म विद्यार्थी भर्ना गरिसक्नुपर्ने र साउन २ गतेदेखि पढाइ सञ्चालन गरिसक्न परिषद्ले निर्देशन दिएको छ ।

त्यसैगरी कक्षा ११ को परीक्षा २०७४ वैशाखको अन्तिम सातासम्म र कक्षा १२ को वैशाख दोस्रो सातासम्ममा परीक्षा सञ्चालन गर्नसमेत परिषद्ले उमाविलाई निर्देशन दिएको छ ।

उमाविहरुले कक्षा ११ को कात्तिक मसान्तभित्र र कक्षा १२ को साउन मसान्तभित्र नतिजासमेत सार्वजनिक गरिसक्नुपर्ने तालिका सर्वजनिक गरेको छ ।

त्यसैगरी गरिब र जेहेन्दार विद्यार्थीलाई ११ कक्षामा पढ्नका लागि छात्रवृत्तिको व्यवस्था गरेको छ । छात्रवृत्तिका लागि विद्यार्थीले ११ वटा क्षेत्रीय कार्यालयमा निवेदन दिनसक्ने व्यवस्था गरेको परिषद्का परीक्षा नियन्त्रक सन्तोषकुमार अर्यालले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web