माओवादी केन्द्रको स्थायी कमिटी बैठकले मन्त्री छान्दै, को- को छन त मुख्य दाबेदारी ?

भदौ १४, २०७८ मा प्रकाशित | 380 views

काठमाडौ । सत्तारुढ गठबन्धनको दल नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटीको बैठक बस्दैछ । सोमबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्तारुढ गठबन्धनका नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी लगायतका शीर्ष नेताहरुबीच मन्त्रपिरिषद् विस्तारका लागि छलफल भएको थियाे ।यी विविध विषय लगायत समसामयिक राजनीतिक विषयमा छलफलका लागि स्थायी कमिटीको बैठक बस्न लागिएको नेकपा माओवादी केन्द्रका सचेतक देव गुरुङले जानकारी दिनुभएको हो ।

आज बिहान बसेको सत्तारुढ गठबन्धनको बैठकमा भने मन्त्रीपरिषद्लाई छिटोभन्दा छिटो पूर्णता दिने विषयमा र सरकारको गतिविधि अगाडि बढाउने विषयमा निर्णय भएपनि व्यक्तिगत कुनै विषयमा निर्णय हुन नसकेको पनि गुरुङले बताउनुभयो । बैठकमा मन्त्रीपरिषद् विस्तार लगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web