काठमाडौँ । यसपालिको मनसुनकाे अवधिमा बाढीका कारण तीन हजार १ सय ८० घर डुबानमा परेका छन् ।
प्रहरी प्रधान कार्यालय काठमाण्डाैले दिएको जानकारीअनुसार बढी पहिराेमा परेर ९ सय घरसहित १ सय ५३ गोठ, ६० पुल, ८ विद्यालय र १४ सरकारी कार्यालयमा क्षति पुगेको छ । जेठ ३० यता एक हजार ८७ पशु चौपाया मरेका छन्।
यस अवधिमा एक हजार १ सय ३० विपद्का घटनाबाट एक हजार २ सय ९ घर परिवारका पाँच हजार ९ सय २४ जना विस्थापित भएका प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्त कुँवरले जानकारी दिनुभयो ।
मनसुन भित्रिएसँगै नेपालमा अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा आएको बाढीपहिरो र डुबानमा परि आजसम्म ९१ जनाको ज्यान भएको प्रहरीले जनाएको छ । ज्यान गुमाउनेमा ४६ पुरुष, २३ महिला, १० बालक र १२ बालिका छन्।
बाढीपहिरो र डुबानमा परि यस अवधिमा १ सय १६ जना घाइते भएका छन् । बाढी पहिराेमा परि ४४ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य जारी छ । बाढी पहिराेमा परेका एक हजार २ सय ७५ जनाको विभिन्न ठाउँबाट उद्धार गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
19.8¡ÆC