ललितपुरमा पनि फोहोर व्यवस्थापनमा समस्या

भदौ १२, २०७८ मा प्रकाशित | 465 views

ललितपुर । ललितपुर महानगरपालिकामा पनि फोहोर व्यवस्थापनमा समस्या देखिएको छ । फोहोर व्यवस्थापनमा समस्या देखिएपछि मेयर चिरीबाबु महर्जनले महानगरवासीलाई केही दिनका लागि आफ्नो घर कम्पाण्डमा उत्पन्न हुने फोहोरलाई घर, कम्पाउण्डमा नै व्यवस्थापन गर्न अनुरोध गरेका छन् ।

महानगरभित्रले अस्थायी रुपमा फोहोर जम्मा गर्दै आएको स्थल भरिएकाले केही दिनका लागि घरको फोहोर कहिने र नकुहिने छुट्याएर घरमै व्यवस्थापन गर्न उनले अनुरोध गरेका हुन् ।

केही दिनदेखि परेको अविरल वर्षाका कारण महानगरको फोहोर विर्सजन स्थल (ल्याण्ड फिल्ड साइट) पुग्ने सडक अवरुद्ध भएकाले महानगरको अस्थायी स्थलमा नै फोहोर जम्मा गरिएको थियो ।

उनले भने, ‘फोहोरको व्यवस्थापन गर्न महानगरले प्रयास गरिरहेको छ, समस्या समाधानका लागि केही समय लाग्छ, त्यसैले कुहिने र नकुहिने गरी छुट्याएर घरमै व्यवस्थापन गरिदिनु हुनु अनरोध गर्छु ।’

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web