प्रशिक्षक ह्वाटमोरले राजीनामा दिए

भदौ ११, २०७८ मा प्रकाशित | 463 views

काठमाडौँ । नेपाल क्रिकेट टोलीका प्रशिक्षक डेव ह्वाटमोरले राजीनामा दिएका छन् । आईसीसी विश्वकप लिग २ का लागि ओमानमा रहेका विश्वकप विजयी प्रशिक्षक ह्वाटमोरले नेपाल क्रिकेट संघ (क्यान) लाई शुक्रबार इमेलमा आफ्नो राजीनामा पठाएका हुन् ।

‘मेरो व्यक्तिगत कारणले, घरायसी कारणले, परिवारलाई धेरै समय दिनुपर्ने हुनाले र कोभिड १९ का कारणले ओमान भ्रमणपछि आवद्ध हुन सक्दिन होला भन्ने आशयको इमेल पठाउनु भएको छ,’ नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले भने, ‘मैले आज इमेल हेर्दा उसको एजेन्ट मार्फत आएको रहेछ । हामीले त्यो इमेलेका जबाफ पठाइसकेका छैनौं । म व्यक्तिगत रुपमा प्रशिक्षकसँग एक पटक कुरा गर्छु ।’

६७ वर्षे ह्वाटमोर जनवरीमा मात्र नेपालको प्रशिक्षकमा नियुक्त भएका थिए । उनको डिसेम्बरसम्म क्यानसँग सम्झौता रहेको थियो । नेपाली टोली सेप्टेम्बर २० सम्मका लागि ओमान भ्रमणमा रहने छ । पपुवा न्यु गिनीसँग दुई एकदिवसीय अन्तर्राष्ट्रिय खेलेपछि नेपालले ओमान र अमेरिकासँग लिग २ का खेलहरु खेल्दै छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web