विश्वासको मत पाउने आधारसहित मुख्यमन्त्री परिवर्तन गरेको दाबी

भदौ ११, २०७८ मा प्रकाशित | 374 views

काठमाडौ । माधवकुमार नेपालको साथ छाडेर नेकपा एमालेमै बस्नुभएका भिम आचार्य मुख्यमन्त्री शेरधन राईले पद छाडेपछी प्रदेश नं. १ को मुख्यमन्त्रीमा निर्वाचित हुनुभएको छ ।

हिजो बिहीबार प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीबाट सपथ ग्रहणपछि आचार्यले मुख्यमन्त्रीको पदभार ग्रहण गर्नुभएको हो । ९३ सदस्यीय प्रदेशसभामा एमाले प्रष्ट बहुमत (५२) सांसद भएकाले प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले संविधानको धारा १६८ (१) अनुसार आचार्यलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो । पार्टीमा भएको १० बुँदे सहमतीको कार्यान्वयन स्वरुप मुख्यमन्त्री परीवर्तन गरेको एमालेका नेता जीवन घिमिरेले सीआईएनलाई बताउनुभयो ।

मुख्यमन्त्री परिवर्तन गर्नु पार्टी एकताको सन्देश समेत भएको उहाँले बताउनुभयो । केन्द्रमा भएको पार्टी विभाजनले प्रदेश १ को संसदीय दल भित्र विश्वासको मत नपाउने गरि विभाजन नहुने एमाले नेताको दाबी छ । एमाले विभाजित भएर नेकपा एकीकृत समाजवादी बनेकाले प्रदेश १ का सांसदहरुले २१ दिनभित्र दल रोज्नुपर्नेछ प्रावधान छ ।

एमालेका चार सांसदले एकीकृत समाजवादी रोजे आचार्य अल्पमतमा पर्नुहुनेछ । तर १० सांसद एमाले छाडेर माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा जाने हुनाले आचार्यले विश्वासको मत पाउने सम्भावना नभएको प्रदेश १ को नेकपा एकीकृत समाजवादी पार्टी समर्थक सांसदहरु बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web