भारतीय प्रहरीले तुइन काटेर खोलामा खसालेका धामीको परिवारलाई १० लाख दिइने

भदौ १०, २०७८ मा प्रकाशित | 518 views

काठमाडौँ । सरकारले भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले ‘तुइन काट्दा’ महाकाली नदीमा बेपत्ता भएका जयसिंह धामीको परिवारलाई आर्थिक सहयोग स्वरूप १० लाख रुपैयाँ दिने भएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले धामीका परिवारलाई १० लाख रुपैयाँ दिने निर्णय गरेको सरकारका प्रवक्ता एवम् कानू मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

गत साउन १५ गते धामी तुइन तर्ने क्रममा महाकालीमा बेपत्ता भएका थिए । उनी अझै फेला परेका छैनन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web