एमालेको केन्द्रीय कमिटीको बैठक बस्दै

भदौ १०, २०७८ मा प्रकाशित | 403 views

काठमाडौँ । नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठक आज बस्दै छ । एमालेबाट फुटेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले मान्यता पाएपछि एमाले बैठक बस्न लागेको हो ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले बैठक आज दिउँसा १२ बजे बोलाएको पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल श्रेष्ठ स्मृति प्रतिष्ठानमा बस्ने तय भएको छ ।

१० बुँदे सहमति कार्यान्वयनको अर्काे सहमति भएपछि माधव नेपाल पक्षका दोस्रो तहका नेताहरु एमालेमै र्फकेपछि पहिलो पटक केन्द्रीय समिति बैठक बस्दै छ ।

यो बैठकमा पार्टी फुटको प्रभाव, १० बुँदे कार्यान्वयलगायतका विषयमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web