कांग्रेस उपसभापति र भाजपाका चौथाइवालेबीच भेटवार्ता

भदौ १०, २०७८ मा प्रकाशित | 524 views

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि र नेपाल भ्रमणमा रहेका भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेटवार्ता भएको छ ।

नेपाली कांग्रेसको निम्तोमा आएका चौथाइवाले र कांग्रेस उपसभापति निधिबीच बुधबार बिहान भएको एक घण्टा लामो भेटवार्तामा नेपाल भारत सम्बन्धका बिषयमा कुराकानी भएको थियो ।

भेटका क्रममा उपसभापति निधिले नेपाल भारतबीचको सम्बन्ध अघि बढाउन नेपाली कांग्रेस र भाजपाबीचको सम्बन्ध अघि बढाउनुपर्ने धारणा राखेका थिए ।

उनले भारतबाट सहमति अनुसार कोरोना भाइरसविरुद्धको खोप नआएको विषयमा पनि चौथाइवालेको ध्यानाकर्षण गराएका थिए ।

यसैगरी, संविधान सभामार्फत जारी भएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको संविधानलाई भारतले नोटेडमात्र भनेको उल्लेख गर्दै उनले भारत सरकार र सत्तारुढ भाजपाका तर्फबाट आगामी संविधान दिवसमा संविधानको पक्षमा स्वागत गर्नुपर्नेमा जोड दिएका थिए उनीनिकट एक नेताले जानकारी दिए ।

निधिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुर भ्रमणका क्रममा सय करोड विकास अनुदान घोषणा गरेकोमा अहिलेसम्म कार्यान्वयन नभएको पनि बताए ।

जनकपुर कुर्था रेल्वे सेवा दुबै देशका प्रधानमन्त्रीबाट संयुक्त रुपमा उद्‍घाटन गर्नुपर्न पनि निधिले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web