फँलाटेमा नेकपा एमालेको वडा कमिटी कार्यालय स्थापना

भदौ ९, २०७८ मा प्रकाशित | 842 views

बिदुर। नेकपा एमालेले सुर्यगढी गाउँपालिकाको वडा नं ३ फँलाटेमा आज वडा कमिटी कार्यालय स्थापना गरेको छ । कार्यालय भवनको बागमती प्रदेशका साँसद तथा नेकपा एमाले नुवाकोटका अध्यक्ष बद्री मैनालीले उद्घाटन गर्नुभएको हो ।

सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खारेजको फैसला गरेपछी नेकपा एमालेले पालिकामा कार्यालय स्थापनाको कार्यलाई तिब्रता दिएको छ । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खारेज भएको जानकारी दिएसंगै नेकपा एमाले ब्युँतिएको बताएपछि एमाले नुवाकोटले जिल्लाका पालिका तथा वडा तहसम्म पार्टी कार्यालय स्थापना गर्ने अभियानलाई जोड दिएको छ ।

सर्वोच्च अदालतले गत फागुन २३ गते सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रलाई अलग–अगल पार्टी भएको फैसला गरेको थियो ।
वडा कमिटी कार्यालय उद्घाटन समारोहलाई सम्बोधन गर्दै बागमती प्रदेशका साँसद तथा नेकपा एमाले नुवाकोटका अध्यक्ष बद्री मैनालीले अब आफुहरु नेकपा एमालेलाई जनताको लोकप्रिय पार्टी बनाउने तर्फ केन्द्रित हुने बताउनुभएको छ । उहाँले समृद्ध देश निर्माणमा नेकपा एमाले लागि परेको र आगामी दिनमा यसको रफ्तार अझै बढ्ने बताउनुभएको छ ।

साँसद मैनालीले जिल्लामा नेकपाको सम्पूर्ण गतिविधिलाई जनता सामु चुस्त बनाउदै सधैँ एमाले एक नम्बर हुने गरी संगठन बिस्तारमा जुट्न पार्टीका नेता तथा कार्यकर्तालाई आब्हान गर्नुभएको छ ।

कार्यक्रममा नेकपा एमाले पार्टी जिल्ला सचिवालय सदस्य जितबहादुर घले, जिल्ला सचिवालय सदस्य भिमबहादुर घले, नेकपा एमाले सुर्यगढी गाउँपालिका कमिटी अध्यक्ष राजेन्द्र रिजाल, अनेरास्ववियु सुर्यगढीका अध्यक्ष कमल तिमिल्सिना लगायतको उपस्थिती रहेको नेकपा एमाले जिल्ला कमिटी सदस्य रमेश बिश्वकर्माले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web