म्याद सकिएका खाद्य वस्तु नयाँ मिति राखेर बजारमा

भदौ ९, २०७८ मा प्रकाशित | 283 views

काठमाडौँ । म्याद सकिएको पास्ता, बिस्कुट, चकलेटलगायत १२ प्रकारका खाद्य वस्तुमा नयाँ मिति राखेर बजार पठाउने गरेको भेटिएको छ । मंगलबार बालाजुको अगद नेपाल भेन्चर प्रालीको गोदाममा म्याद सकिएको वस्तुमा नयाँ उपभोग्य मिति राखिरहेको अवस्थामा मेसिनसहित एक जनालाई नियन्त्रणमा लिइएको वाणिज्य विभागले जनाएको छ ।

वाणिज्य विभाग र प्रहरीले संयुक्त रुपमा गरेको अनुगमनमा पास्ता, चकलेट, बिस्कुट, स्वीस रोल, बार केक लगायतका १२ प्रकारका खाद्य वस्तुमा पुनः नयाँ लेबल राखिएको भेटिएको विभागका निर्देशक एवम् प्रवक्ता शिवराज सेढाइँले जानकारी दिए ।
प्रभात देव सञ्चालक रहेको दुई वटा गोदाममा गरेको अनुगमनमा रिलेबलिङ गर्ने मेसिन पनि बरामद भएको सेढाइँले बताए । गोदामको म्यानेजरको रुपमा काम गर्ने एक जनालाई नियन्त्रणमा लिइएको र फरार सञ्चालकको खोजी भईरहेको विभागले जनाएको छ ।

‘दुई वटा गोदाम सिल गरेका छौं, नयाँ उपभोग्य मिति राख्ने मेसिन, केमिकल र कागजातसहित एक जनालाई नियन्त्रणमा लिएर अनुसान्धान अघि बढाइएको छ,’ निर्देशक एवम् प्रवक्ता सेढाइँले  भने । गोदामबाट बरामद भएका वस्तुको परिमाण र मूल्यांकनको काम बाँकी रहेको विभागले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web