सुरक्षा व्यवस्था चुस्तदुरुस्त बनाउन मुख्यमन्त्री राउतको निर्देशन

भदौ ८, २०७८ मा प्रकाशित | 466 views

सुरक्षा व्यवस्था चुस्तदुरुस्त बनाउन मुख्यमन्त्री राउतको निर्देशन

धनुषा । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको सुरक्षा व्यवस्था चुस्तदुरुस्त बनाउन प्रदेशस्थित सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएका छन् । प्रदेशको सुरक्षा व्यवस्थाबारे जानकारी लिने उद्देश्यले मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाइएको बैठकमा मुख्यमन्त्री राउतले यस्तो निर्देशन दिएका हुन् ।

बैठकमा सुरक्षा निकायका प्रमुखले प्रदेशको सुरक्षा व्यवस्थाबारे ब्रिफिङ गर्नुका साथै आगामी योजनाबारे जानकारी गराएका थिए ।

बैठकमा प्रमुख सचिव हरिप्रसाद मैनाली, मुख्यमन्त्री कार्यालयका सचिवका साथै प्रहरी नायब महानिरीक्षक उमेश रञ्जितकार, सशस्त्र प्रहरी नायब महानिरीक्षक सीपी गौतम, धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोला, नेपाली सेनाका निमित्त बाहिनीपति महासेनानी पूर्णप्रसाद ढकाल लगायत सहभागी थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web