भिरबाट लडेर एक वृद्धको मृत्यु

भदौ ८, २०७८ मा प्रकाशित | 420 views

पाँचथर । मलामीबाट घर फर्कने क्रममा भिरबाट लडेर फिदिम नगरपालिका ८ घलेगाँउका ६५ वर्षीय पदमबहादुर राईको ज्यान गएको छ ।

फिदिम १४ बाँसबोटेको भिरबाट लडेर राईको ज्यान गएको प्रहरी कार्यालय पाँचथरले जनाएको छ । मलामी गएका राई अबेरसम्म घर नआएपछि खोजी गर्ने क्रममा उहाँका छोराले मङ्गलवार मृत अवस्थामा फेला पार्नुभएको थियो ।

गोरेटो बाटोबाट झन्डै एक सय मिटर तल मृत अवस्थामा राईलाई भेटिएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web