काठमाडौँ । नेपाल राष्ट्रिय पुरुष क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक भएको छ ।
नेपाल क्रिकेट संघ क्यान र राष्ट्रिय टिमकाे जर्सीकाे मुख्य प्रायाेजक माइसेकेन्ड टिचरले साेमबार संयुक्त रुपमा जर्सी सार्वजनिक गरेकाे हाे । जर्सी डिजाइनमा ५०० जनाकाे आवेदन परेकाेमा आदर्श पोखरेलको डिजाइन उत्कृष्ट भएकाे हो ।
क्यानले छनोटका लागि ४ सदस्यीय समिति बनाएको थियो । जसमा क्यानका केन्द्रीय सदस्य छुम्बी लामा, महाप्रवन्धक रौनक मल्ल, क्रिकेट म्यानेजर बिनोद दास र माइसेकेन्ड टिचरबाट एक जना प्रतिनिधि रहेका थिए ।
जर्सी डिजाइनका लागि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को नियम पालना गरिएको क्यानले जनाएकाे छ ।
19.12¡ÆC