एमाले फुट्यो, माधव नेपालद्वारा एमाले (समाजवादी) दल दर्ताका लागि निवेदन

भदौ २, २०७८ मा प्रकाशित | 451 views

काठमाडौँ । नेकपा एमाले आधिकारिक रूपमा फुटेको छ । एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले आज बुधवार निर्वाचन आयाेगमा नयाँ पार्टीका लागि निवेदन दर्ता गरेको हो ।

पार्टीको नाम नेकपा एमाले (समाजवादी) र चुनाव चिह्न खुला किताब राख्ने निर्णय भएको नेपाल पक्षका नेता तथा सांसद मेटमणि चौधरीले जानकारी दिनुभयो ।

यसैबीच नयाँ दल दर्ताको प्रक्रिया अघि बढाएसँगै माधवकुमार नेपाल समूह पनि विभाजित भएको छ । लामाे समयदेखि माधव नेपाललाई साथ दिँदै आएका दाेस्राे तहका नेताहरू भीम रावल, घनश्याम भुसाल, अष्टलक्ष्मी शाक्य, गाेकर्ण विष्ट, सुरेन्द्र पाण्डे, रघुजी पन्त लगायतका नेता नयाँ पार्टीमा नजाने भएका हुन् ।

मन्त्रिपरिषद्को सिफारिसमा आज राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेलगत्तै नेपाल समूहले नयाँ दल दर्ता गरेको हो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web