युवा संघद्धारा विरोध प्रदर्शन

भदौ २, २०७८ मा प्रकाशित | 445 views

काठमाडौँ । दल विभाजनसम्बन्धी अध्यादेशको विरोधमा नेकपा एमालेले सडक प्रदर्शन गरेको छ । एमालेको युवा संगठन युवा संघ नेपालले काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेको हो ।

मुलुकलाई अस्थिरतातर्फ धकेल्न जनघाती निर्णय गरेको भन्दै युवा संघले प्रदर्शन गरेको हो ।

बुधबार दलविभाजनसम्बन्धी अध्यादेश राष्ट्रपतिले प्रमाणीकरण गरेपछि नेकपा एमालेको माधवकुमार नेपाल समूह नयाँ दल दर्ता गर्न निर्वाचन आयोग पुगेको छ ।

त्यस्तै जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्ष पनि नयाँ दल दर्ताका लागि आयोग गएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web