पहिरोले नौबिसे–नागढुंगा सडकखण्ड अवरुद्ध

भदौ २, २०७८ मा प्रकाशित | 317 views

धादिङ । पहिराेका कारण त्रिभुवन राजपथ अन्तर्गत नौबिसे–नागढुङगा सडकखण्ड अवरुद्ध भएको छ । सिस्नेखोला र खत्रीपाैवा बीचको भागमा सडकमाथिबाट आएकाे पहिराेले सडक अवरुद्ध भएको इलाका प्रहरी कार्यालय खानिखोलाका प्रहरी प्रमुख रुपा थापाले बताउनुभयाे ।

लगातार पानी परिरहेका कारण पहिरो हटाउन केही समय लाग्ने प्रहरीले जनाएको छ । पहिरोमा फसेको ना २ ख ८३५३ नम्बरको ट्रक त्यहाँबाट निकालिएको छ । सडक फराकिलो पार्ने क्रममा पहिरो आएकाे हाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web