काठमाडौँ । शिक्षक सेवा आयोगले वार्षिक कार्यतालिका बनाएर काम शुरु गर्ने तयारी गरेको जनाएको छ ।
आयोगले ल्याउने उक्त कार्यतालिका अनुसार शिक्षण अध्यापन अनुमति पत्र, बढुवा सिफारिस रिक्त दरबन्दी पूर्तिका लागि काम गर्ने गरी ल्याउन लागेको आयोगका प्रवक्ता सुदर्शन मरहट्ठाले जानकारी दिए । उनले भने, ‘हामीले गर्ने कामको कार्यतालिका (क्यालेन्डर) बनाइरहेका छौं । त्यही कार्यतालिका अनुसार आयोगको अब हुने सबै कामहरु हुनेछ ।’
आयोगले पूर्णता पाएसँगै आयोगले वार्षिक कार्यतालिका बनाउने, नियमावली संशोधन गर्ने, पाठ्यक्रम निर्माण लगायतको काममा जुटेको उनको भनाइ छ ।
27.29¡ÆC